यो हो रामचन्द्र पौडेलले आँखा गाडेको मालदार मन्त्रालय, देउवा निक्कै तनावमा

  • काठमाडौं ।

सत्तारुढ र सहयोगी दललाई मनाउदै आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका नेता रामचन्द्र पौडेललाई मनाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । 

एकपछि अर्को मिलाउदै गएपनि मन्त्रिपरिषद विस्तारमा ढिलाई गरेपछि सर्वत्र आलोचित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रकै गुटको व्यवस्थापन गर्न नसक्दा डेढ महिना बितिसक्दा पनि आफ्नो मन्त्रिमण्डललाई पुर्णता दिन नसकेका हुन् ।

श्रोतका अनुसार प्रधानमन्त्री देउवा गत सोमबार या मंगलबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । त्यहि अनुसार उनले कार्यदलका सदस्यहरुलाई मन्त्रालय र मन्त्रीको नाम टुङ्गो लगाउन भनिसकेका पनि थिए । त्यहि अनुसार माओवादीले सोमबारै आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम बुझाइसकेको थियो ।

 तर, देउवाको आफ्नै पार्टीका नेता रामचन्द्र समूहले २ मन्त्रालयमा चित्त बुझाउने भएपनि कुन–कुन मन्त्रालय भन्ने यकिन नहुँदा देउवाको मन्त्रिमण्डल विस्तारको योजना पुरा हुन पाएन । श्रोतका अनुसार रामचन्द्र समुहले मन्त्रालयको नाम नकिटेसम्म सरकारमा आफ्नो समहु सहभागि हुनै नसक्ने जनाउ दिएपछि देउवा ‘ब्याक’ भएका थिए । 

पौडेलले कांग्रेसले पाएका १३ मन्त्रालयमध्ये अर्थपछिको शक्तिशाली मन्त्रालय पाएमात्रै आफ्नो समुहको मान्छे पठाउने नत्र नपठाउने अड्डी कसेका थिए । पौडेलको यो अडानपछि देउवाले मन्त्रिमण्डल विस्तारको समय एकसाता लम्ब्याएका हुन् ।

२०७४ साउन ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...