क्यान्सर पीडित बालक हिमराज गिरीलाई बचाउन अपील

  • काठमाडौँ । 
कालिकोटका क्यान्सर पीडित बालक हिमराज गिरीलाई बचाउन अपील गरिएको छ । सान्नी–त्रिवेणी गाउँपालिका–१ का गिरीको उपचारमा सहयोग गर्दै आएका नवराज गिरी, मिलन कार्की र देविराम देवकोटाले सो अपील गरेका हुन् । 

हेमराजको उपचारमा सहयोगको लागि संवाद डबलीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेसम्मको अवस्था र थप उपचारको विषयमा जानकरी दिइएको थियो । 

कान्ति बाल अस्पतालले नेपालमा उपचार हुन नसक्ने भन्दै दिल्ली लिन सुझाव दिएको उपचारमा सहयोग गरिरहेकी समाजसेवी मिलन कार्कीले जानकारी दिइन् । 

मध्यपश्चिम क्षेत्रिय अस्पतालले काठमाडौँको कान्ति अस्पतालमा रिफर गरेको थियो । कार्कीका अनुसार हेमराजको बोनम्यारोमा बदल्नु पर्ने कान्ति बाल अस्पतालले भनेको छ ।


आर्थिक अवस्थाका कारण घर परिवारले उपचार नगर्ने र १२ बर्षीय हेमराजलाई बचाउन आफूहरुले काठमाडौँ ल्याएको उपचारमा संलग्न नवराज गिरीले जानकारी दिए । उनी हेमराजको दाजु (माइला बुबाको छोरा) हुन् । 

उपचार नपाएर मृत्युसँग लडिरहेको जानकारी पाएपछि आफू हेमराज बचाउने अभियानमा लागेको कार्कीले बताइन् । 

व्यक्तिगत खर्चबाटै उपचार सुरु गरेकी कार्कीले भनिन् “क्यान्सरबाट पीडित हेमराजलाई घरमा लिने धामी झाँक्रीबाट उपचार गर्न लगाउने, ढुंगालाई औषधि गर्नु हुँदैन जस्ता कुरा हेमराजका आमाबुबा गरेको मैले सुने, जसरी पनि हेमराजलाई बचाउनुपर्छ भन्ने लाग्यो । 

१५ हजार रुपैयाँ दिएर काठमाडौँ पठाएँ, केही जुटायौँ तर हामीले सोँचेभन्दा धेरै खर्च लाग्ने भयो । हामी एक्लैले नसक्ने भएका कारण सबैसँग सहयोगको लागि अनुरोध गर्दछौँ” कार्कीले पत्रकार सम्मेलनमा भनिन् । 

केही सहयोग जुटेको तर त्यतिले नपुग्ने उनले बताइन् । भक्तपुर माइती घर भएकी कार्की जागिरको सिलसिलामा सुर्खेतमा छन् । 

चिकित्सकहरुले १० दिनभित्र बोनम्यारो बदल्न सुझाव दिएका छन् तर आर्थिक अभावका कारण आफूहरुले उपचार सुरु गर्न नसकेको दाजु नवराजले जानकारी दिए । 

हेमराजकी आमा उनलाई १५ महिनाको छोडेर अर्कोसँग विवाह गरेर गएको र बुबाले पनि अर्की आमा ल्याएर अलग्गै बस्छन् भने उनी ठूलो बुबाको घरमा बस्दै आएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...