श्रीमतीलाई लिएर सुटुक्क मानसरोवर किन जादैछन एमाले अध्यक्ष ओली ?

  • काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मानसरोवर जाने भएका छन् ।

पारिवारिक भ्रमणका लागि शनिबार मानसरोवर जान लागेका ओलीसंगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सक रहनेछन् ।

मानसरोवरको भ्रमणमा जाने क्रममा ओली शनिबार ल्हासा पुग्नेछन् । ल्हासामा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीका लागि मानसरोवर पवित्र स्थल हो । मानसरोवर ल्हासाबाट ९४० किलोमिटरको दूरीमा अवस्थित छ । यस तालको उत्तरमा कैलाश पर्वत रहेको छ ।

२०७४ साउन ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...