यू-१९ विश्वकपको एशियाली छनौट: तेस्रो खेलमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा जारी

  • काठमाडौं ।
आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । 

यसअघिका दुवै खेलमा पहिलो फिल्डिङ गरेको नेपालले विपक्षीलाई सस्तैमा अलआउट गर्न सफल भएको थियो । तर टेष्ट मान्यताप्राप्त अफगानिस्तानसँग भने नेपालले औषत प्रदर्शन गरिरहेको छ ।

नेपालले यसअघि पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ७३ र दोस्रो खेलमा मलेसियालाई ५८ रनमा समेटेको थियो । नेपालले दुवै खेलमा जित हात पारेको थियो । बलिङमा उच्च प्रदर्शन देखिएपनि नेपालको ब्याटिङ लाइनले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन ।

राउण्ड रोविन लिगका आधारमा भइरहेको छनौट प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग दुई दुई खेल खेल्नेछन् । पहिलो चरणको लिग आज सकिनेछ ।

दुई चरणको खेलपछि समूहको बिजेताले न्युजिल्याण्डमा अर्को वर्ष हुने आइसीसी यू-१९ विश्वकपमा सहभागिता जनाउनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...