बलात्कारीलाई भगाउने डीएसपी गृहमन्त्रीको कारवाहीमा परेपछि प्रहरीभित्र भूकम्प..

  • काठमाडौं ।
गृह मन्त्रालयले बलात्कारी-हत्यारालाई भगाएको अारोप खेपिरहेका डीएसपी संजिव शर्मा दासलाई बढुवा गर्‍यो । उनै दासलाई मध्य क्षेत्रिय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेको थियो ।

गृहमन्त्री प्रकारले दासलाई बढुवाको लागि सिफारिस गरिएको जानकारी पाए लगत्तै निलम्वन गरेर गरी अनुसन्धान गर्न निर्देशन दिए । मन्त्रीको निर्देशनपछि प्रहरी मुख्यालयले बुधबार दासलाई निलम्बित गरेको छ ।

रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या गर्ने श्याम राउतलाई कारवाहीको गर्नुको साटो उल्टै भगाएर डीएसपी शर्माले उन्मुक्ति दिएका थिए । यो घटना पाँच वर्षअघि हो । फरार श्याम राउतलाई रामेछाप प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल-भारतको सीमाबाट पक्राउ गरिएको थियो ।

बलात्कारी राउतको बयनका अाधारमा शर्मालाई विभागिय कारवाहीको सिफारिस गरिएको थियो ।बलात्कारीलाई उन्मुक्ति दिनेलाई कारवाही साटो बढुवा सिफारिस भएको भन्दै सामाजिक संजालमा गृहमन्त्रीको अायोचना भएको थियो ।

कारवाहीको निर्देशन दिएपछि गृहमन्त्री प्रभाकरले सामाजिक संजालमै जानकारी गराउने सबैलाई धन्यवाद दिएका छन् । यो कारवाहीले प्रहरीभित्र भूकम्प गएको छ  अाफू पनि कारवाही डरले गलत गरेका प्रहरी अफिसरहरु डराएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...