ऊर्जा मन्त्रीको स्वकीय सचिवमा छवी थापा नियुक्त

  • काठमाडौँ । 
नेपाल सरकारका ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीको स्वकीय सचिबमा हुम्लाका छबी थापा नियुक्त भएका छन्।

लामो समय बिद्यार्थी राजनीति हुँदै माओवादी केन्द्रको केन्द्रीय सम्मेलन आयोजक समिती सदस्य समेत भइसकेका थापा शाहीको स्वकीय सचिब भएका हुन् ।

कर्णालीको प्रतिनिधित्व गर्दै महेन्द्र शाही ऊर्जा मन्त्री भएपछि कर्णालीकै स्वकीय सचिब ल्याउने चर्चा चलिरहेका बेला कर्णालीकै हुम्लामा जन्मेका शाही स्वकीय सचिब भएका हुन् ।

हुम्ला कर्णालीका ५ जिल्ला मध्ये बिकट जिल्लाका रुपमा चिनिन्छ जहाँ अहिलेसम्म पनि नेपालको सडक सञ्जाल जोडिन सकेको छैन ।

इमान्दार मिडियासँग कुरा गर्दै थापाले ऊर्जा मन्त्रीको सचिवालयमा बसेर सकेसम्म जनताको हितमा अधिकतम राम्रो काम गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका छन् ।

२०७४ साउन २५ गते प्रकाशित


,

प्रतिकृया दिनुहोस्

Loading...