अखिल क्रान्तिकारी दाङको अध्यक्षमा प्रितिमा चाैधरी

  • जानकी दहित, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङकाे २२ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रितिमा चाैधरीकाे अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

'विसर्जनवाद, अात्मसमर्पणवाद र अराजकतावादका विरुद्ध एकीकृत विद्यार्थी अान्दोलन राष्ट्रियताकाे पक्षमा शैक्षिक भ्रष्टीकरण,दलालीकरण र माफियाकरणका विरुद्ध २२ अाैं जिल्ला सम्मेलन' भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी) दाङको २२ अाैं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । 

हजारौं विद्यार्थीहरुकाे र्यालीसहित दाङ घाेराहीकाे बजारका विभिन्न स्थानकाे परिक्रमासहित भरतपुर मैदानमा उद्घाटन सभा भएको थियो । 

सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पूर्ण सिंहले युवा विद्यार्थीहरु राष्ट्रका लागि बलिदान हुन तयार हुनुपर्ने बताएका छन । 

उनले शैक्षिक क्षेत्रमा भइरहेको भ्रष्टीककरण र शैक्षिक माफिया, सबै खाले तस्कर विरुद्ध एकजुट भएर संघर्षमा जुट्न अाव्हान गरे । 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द, अखिल नेपाल शिक्षक संगठनका ५ प्रदेश अध्यक्ष नारायण भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




२०७४ भदौ २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...