सुन तस्करी खोज्न प्रहरीको 'एम्बुस टोली' : यस्तो छ योजना

  • काठमाडौँ । 
नेपाल प्रहरीले ८८ केजी सुन तस्करीमा संलग्न गिरोह खोज्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका सबै नाकामा एम्बुस टोली परिचालन गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा तथा जिल्लास्थित अनुसन्धानमा संलग्न संयन्त्रलाई तस्कर रिुद्धको अपरेसनमा तैनाथ गराइएको हो ।

सुन कारोबारमा संलग्न व्यक्ति देश छोडेर भाग्नसक्ने भन्दै प्रहरीले आशंका गरिएका केही व्यक्तिको हुलिया समेत अध्यागमन विभाग र विमानस्थलका सुरक्षार्कीलाई उपलब्ध गराएको छ ।

महाशाखा र ब्युरोले निगरानी बढाएको क्षेत्रहरु
-काकडभिट्टा (झापा)
-वीरगन्ज 
-तातोपानी (सिन्धुपाल्चोक)
-वेलहिया (रुपन्देही)
-जमुनाह (बाँके)
-मोहना (कैलाली)
-गड्डाचौकी (कन्चनपुर)
-रसुवागढी (रसुवा)
-कोरला (मुस्ताङ)
तथा उत्तरी क्षेत्रका अन्य सम्भावित तस्करीका केन्द्र तथा आसपासमा प्रहरी संयन्त्रले निगरानी बढाएको खबर आजको कारोबारमा छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...