राष्ट्रका लागि बलिदान दिन युवा विद्यार्थीहरु तयार भएर बस्नुहोस : अध्यक्ष सिंह

  • जानकी दहित, दाङ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्ण सिंहले युवा विद्यार्थीहरु राष्ट्रका लागि बलिदान हुन तयार हुनुपर्ने बताएका छन । 

बिहिबार अखिल (क्रान्तिकारी) दाङकाे २२ जिल्ला सम्मेलन सभालाई सम्बाेधन गर्दै अध्यक्ष सिंहले नेपालका शासकहरुले देशलाई सम्झौताका नाममा विदेशीहरुसामु बेचिरहेकाले राष्ट्रकाे रक्षार्थमा लाग्न सबै विद्यार्थीहरुलाई अाह्वान गरेका हुन् । 

शेरबहादुर देउवाले भर्खरै भारतमा गरेको सम्झौता राष्ट्रघाती रहेको भन्दै उनले तत्काल खारेज गर्न माग समेत गरे । काेशी उच्च बाँध भारतलाई बाध्न दिने, अरुण तेस्रो, पञ्चेश्वर, माथिल्लो कणार्ली लगायत परियोजना भारतलाई सुम्पिने भनेर प्रचण्डले गरेका राष्ट्रघाती सम्झौतालाई शेरबहादुर देउवाले पुन: कार्यान्वयनका लागि गरेको सम्झौताले देशलाई झन् कंगाल हुनबाट बचाउन विद्यार्थीहरु वर्तमानको खम्बाकाे रुपमा उभिउनुपर्ने उद्घाेष गरे । 

संसदीय व्यवस्थामा दलालतन्त्र हावी भएकाले अहिले मुलुकको राजनीति बिग्रिएकाे छ त्यसकारण युवाहरु विदेशीकाे गुलाम बन्ने सपना नदेखि बिगि्रएको मुलुक सपार्न, दलालतन्त्र अन्त्य गर्न, नयाँ इतिहास रच्न सही राजनीतिकाे मार्गमा लाग्न र पढाइलाई जीवन बदल्ने अभियानसँगै जाेड्न नेता सिंहले अपिल गरे ।

साथै उनले शैक्षिक क्षेत्रमा भइरहेको भ्रष्टीककरण र शैक्षिक माफिया, सबै खाले तस्कर विरुद्ध एकजुट भएर संघर्ष गर्न अाव्हान गरे । क्रान्तिकारी) दाङकाे २२ जिल्ला सम्मेलनले बिहिबार प्रितिमा चाैधरीकाे अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

२०७४ भदौ २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...