काठमाडौँको भाइरल बैतडीसम्म पुग्यो, स्थानीय अस्पतालमा बिरामी बढे

  • बैतडी । 
काठमाडौँमा भाइरलका बिरामी बढेको बेला उता सुदूरपश्चिममा समेत भाइराल ज्वरोको प्रकोप बढेको छ । प्रकोप बैतडी पुगेको छ । बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको हो । 

बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्याधिक बढेको छ ।

अस्पतालमा अहिले दिनको दुई सयजनाको हाराहारीमा बिरामी आउने गरेको डा. जगदीश बिष्टले बताए। अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ ।

यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिगास स्वास्थ्य चौकीलगायत विभिन्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल र टनसिलका बिरामी दैनिक ७० भन्दा बढी आउने गरेको डा. नविन्द्र ढकालले बताए। बिरामी दैनिकरुपमा बढ्दै जाँदा औषधिको अभाव भएको उनले बताए।

२०७४ भदौ १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...