ओखलढुंगामा जीप दुर्घटना, केटी हेर्न गएका १ युवकको मृत्यु

  • ओखलढुंगा । 
ओखलढुंगामा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी १ जनाको ज्यान गएको छ । काठमाडौंबाट खिजीदेम्वाका लागि छुटेको गरेको ना १ ज ५६७८ नम्बरको जीप खिजीदेम्वा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा सोलुखुम्बुको बाकुका २९ वर्षका ल्हाक्पा देण्डी शेर्पा रहेको प्रहरीले जनाएको छ । 

जीपमा च्यापिएका शेर्पाको उद्धारमा ढिलाइ हुँदा ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । शेर्पा विवाहका लागि केटी हेर्न गएको आफन्तले बताएका छन् । केटीको घरसम्म नपुग्दै जीप दुर्घटनामा परेर शेर्पाको ज्यान गएको हो ।

यस्तै ४ जना यात्रु घाइते भएका छन् । घाइतेको नाम खुलिसकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले बताएका छन्।

११ जना यात्रु सवार रहेको जीप खिजीदेम्वा गाउँपालिका–३ मा दुर्घटनामा परेको हो । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार जिपको ब्रेक फेल भइ दुर्घटना हुँदा सडकबाट तल खसेको थियो । 

२०७४ भदौ १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...