सिरहा: घरमा कोही नभएको बेला चुल्ठो काटिएकी महिलाको मृत्यु

  • सिरहा । 
सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको पीडित परिवारले बताएको छ । 

१० दिनमै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ । कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् । कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन् ।

सिरहामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण रातभर सुत्न पाइरहेका छैन् । के कति कारणले महिलाहरुको चुल्ठो काटिदै छ भन्ने बिषयमा अझैसम्म वास्तविक कुरा भने पत्ता लागेको छैन ।

२०७४ भदौ १७ मा प्रकाशित । तस्वीर : दैनिक नेपाल

, ,

प्रतिकृया दिनुहोस्

Loading...