काँग्रेस उम्मेदवारको गाडिमा पेट्रोल बम प्रहार

  • इमान्दार मिडिया, सिरहा ।
सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार भएको छ ।

काँग्रेसबाट गोलबजार नगरपालिका ७ का वडा अध्यक्ष उम्मेदवार हरिनारायण सिंह महतोको गाडीमा अज्ञात समूहले विहीबार बेलुका पेट्रोल बम प्रहार गरेको छ ।

बीआर आईए एफ १६०५ नम्बरको स्कारपियो गाडीमा पेट्रोल बम प्रहार भएको थियो । बम प्रहारबाट मानवीय क्षति नभए पनि गाडीको पुरै जलेको छ ।

दुई जनाको समूहमा मोटरसाइकलमा आएका ब्यक्तिले पेट्रोल बम प्रहार गरी भागेको स्थानीयले बताएका छन् । बम कसले प्रहार गरेको खुलेको छैन । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको बताए छन् ।

फाइल तस्विर: २०७४ असोज २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...