सर्लाहीमा कांग्रेस नेता अमरेशकुमारको आदेशमा गोली चल्यो !

  • सर्लाही ।
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहको आदेशमा पीएसओले सर्लाहीको बलरा नगरपालिका ३ मा आइतबार बेलुका गोली चलाएका छन् ।

सोमवार हुन लागेको २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मौन अवधिमा कांग्रेस नेता सिंहले चुनाव प्रचार गर्दै हिडेको भन्दै राजपा कार्यकर्ताले उनको गाडी घेरेपछि पीएसओले गोली चलाएका हुन् ।

मौन अवधिमा मतदाता भेट्दै हिडेको भन्दै आक्रोशित बनेका राजपा कार्यकर्ताले अमरेशको गाडीमा तोडफोड गर्ने प्रयास गरेपछि पीएसओले गोली चलाएको प्रहरी स्रोतले बताएको छ । पीएसओले गाडीभित्रैबाट भीडमा ताकेर गोली हानेपनि संयोगले गोली कसैलाई नलागेको स्थानीयले बताए । 

घटनापछि स्थिति बिग्रन नदिन प्रहरी नायव उपरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । घटनापछि प्रहरीले कांग्रेस नेता सिंहलाई सुरक्षित स्थान तर्फ लगेको छ ।

बलरा नगरपालिका ४ घर भएका अमरेश निजी सुरक्षागार्ड (पीएसओ)सहित आफ्नो गाडी लिएर आइतबार बेलुका ३ नम्बर वडा पुगेका थिए । राजपा कार्यकर्ताले अमरेश सवार गाडी घेराउ गर्दा राजपाका ३ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार सुशील मिश्र नभएपछि घटनापछि त्यहाँ पुगेको एक प्रत्यक्षदर्शीले बताए ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...