डर, त्रास र बमबारीकाबीच प्रदेश नम्बर २ को मतदान सुरु

  • सप्तरी ।
नेकपाको बहिष्कारकाबीच प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरू भएको छ। ठाउँ ठाँउमा बम बिष्पोट भइरहेका कारण मतदाताहरु त्रसित भएका छन् । 

१३६ स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा सोमबार बिहान ७ बजेदेखि निर्वाचन भइरहेको छ। तर मतदान गर्न आउनेहरुको संख्या भने उल्लेख मात्रामा नभएको त्यहाँबाट हाम्रा संवाददाताहरुले बनाएका छन् ।

६६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन्।

आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन्। २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि नेकपाको बहिष्कार अनिभियानले सन्त्रास छाएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ।

२०७४ सोज २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...