प्रचण्डको बिदाइमा झण्डै रोएनन् मुख्यसचिव ! जाँदाजाँदै भने - उहाँजस्तो राम्रो मुलुकमै कोही छैन

  • काठमाडौं ।
मुख्य सचिव डा. सोमलाल सुवेदीले जाँदाजाँदै प्रधानमन्त्री प्रचण्डकाे गजब प्रशंसा गरेका छन्

प्रधानमन्त्रीको बिदाइमा सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा सुवेदीले प्रचण्ड राजनेता भएको भन्दै उनको जस्तो नेतृत्व क्षमता भएका नेता मुलुकमा अहिलेसम्म काेही नदेखेकाे बताए ।

'प्रचण्डमा जस्तो राजनीतिक क्षमता र काम गर्ने इच्छाशक्ति अरु नेतामा देखिन । मैले मुलुकमा चार जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएँ’, सुवेदीले भने, ‘उहाँको जस्तो लिडरसिप क्वालिटी र इच्छाशक्ति भएको नेता अरु पाइन ।’ सुवेदीले नेपालको स्टेटमेनसिप प्रचण्डको हातमा रहेको भन्दै उक्त क्षमता थप वृद्धि हुँदै जाओस् भन्दै शुभकामना दिए ।

‘यो देशको स्टेटमेनसिप तपाईंको हातमा छ । यो स्टेटमेनसिप अझै बढ्दै जाओस् । सबका सब मान्छेहरुलाई नेतृत्व गर्नसक्ने हैसियत अझै बढोस् । यहाँबाट जाँदै गर्दा मेरो शुभकामना छ’, सुवेदीले भने । 

सुवेदीले प्रधानमन्त्रीबाट हटेपछि पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मागर्दन र निर्देशन पाइराख्न आग्रह पनि गरे । उनले प्रचण्ड नेतृत्वमा हुँदासम्म कोही पनि कर्मचारीले असुरक्षित महसुस गर्नुनपर्ने पनि बताए । कार्यक्रममा साँच्चिक्कै भावुक बनेका सुवेदि झण्डै राएनन । प्रचण्डसँग काम गर्दा आफ्नै अभिभावकसँग काम गरेको अनुभव हुने समेत उनले सुनाए ।

,

प्रतिकृया दिनुहोस्

Loading...