पालमुनि चिसोले काम्दै,पढ्दै भूकम्पपीडित विद्यार्थी

काभ्रे, २५ पुस । 

काभ्रे डाँडागाउँ–२ को भृकुटी निमावि कक्षा ८ की छात्रा सेतीमाया स्याङ्तानलाई विद्यालय जान मन नै लाग्दैन। अस्थायी सिकाइ केन्द्रले चिसो नछेक्ने हुँदा कठ्यांग्रिएर पढ्नुपर्छ।

‘हुस्सु लाग्छ, चिसोले त्रिपालको कक्षाकोठामा बस्नै गाह्रो भएको छ, उनले भनिन्।’ चिसोले कठ्यांग्रिएपछि किताब समाउन र लेख्न समस्या हुने उनले बताइन्।

धेरै विद्यार्थीलाई चिसोले टाउको दुख्ने, ज्वरो आउने समस्या रहेको भन्दै उनले प्राथमिक उपचारका लागि विद्यालयमा औषधिसमेत नरहेको दुखेको पोखिन्।

सस्र्युखकै–६ को जनउद्धार निमावि कक्षा ७ की रबिना तामाङले पनि चिसोकै कारण पढ्न सकिरहेकी छैनन्। ‘बर्खामा पानी परेर जहाँ पानी भ्ट्दैन, त्यही सबै एकै ठाउँमा ओत लागेर पढ्यौ, उनले भनिन्,‘अहिले चिसोले कठ्यांग्रिएर पढ्नु परिरहेको छ।’

यो विद्यालय भूकम्पका कारण पूर्ण रुपमा ध्वस्त भएपछि अस्थायी शिक्षण केन्द्र बनाइएको छ। चिसोले शिक्षकहरुलाई पनि समस्या भएको प्रधानाध्यापक रोमिना लामाले बताइन्।

,

प्रतिकृया दिनुहोस्

Loading...