ट्रकको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौ, २७ पुस।
चितवनको नारायणगढमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
गएराति नारायणगढबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ ख ३४७५ नम्बरको ट्रकले ठक्कर दिदा पैदल हिँडिरहेका भरतपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजीव बाँनियाको गम्भीर घाइते भएका थिए ।
बाँनियालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही ट्रकको ठक्करबाट घाइते भएका भरतपुर–३ का ५० वर्षीय जयप्रकाश तण्डुकारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
प्रतिकृया दिनुहोस्
Loading...
