लुक्लामा रोकिए दुई सय पर्यटक

लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् ।

सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् ।

लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाइजहाजको टिकट बुकिङ गरिसकेका कारण समस्या भएको बताउँछन् । कतिपयलाई खर्चको समेत अभाव भएको छ ।

यही असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बस मार्फत काठमाडौँं फर्कन हिँडेका पथ प्रदर्शक रोजन मगरले बताए ।

बाक्लो हुस्सुका कारण सदरमुकामस्थित फाप्लु विमानस्थल पनि असार १ गतेदेखि अवरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...