सिटौलाका सम्बन्धमा शीर्ष तहमा छलफल हुने
काठमाडौँ, १२ असार ।
न्याय परिषद्को सदस्य पदमा प्रस्तावित रामप्रसाद सिटौलाको सुनुवाइको वैधानिकता सम्बन्धमा उत्पन्न विवाद प्रमुख दलका शीर्ष नेतासँग छलफल गरी समाधान गरिने भएको छ ।
व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सिटौलाका सम्बन्धमा भएको छलफलपछि समिति सदस्यले आफ्ना दलका शीर्ष नेतासँग छलफल गरी टुंग्याइने सहमति भएको हो ।
बैठकमा भएको सहमतिपछि अब शीर्ष नेताहरुले छलफल गरी समाधान गर्नुपर्ने समिति सभापति कुलबहादुर गुरुङले राससलाई जानकारी दिए ।
समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०७२ असोज १४ गतेको पत्रानुसार न्याय परिषद्को सदस्यमा प्रस्तावित सिटौलाको विद्यमान स्थितिका सम्बन्धमा छलफल भएको थियो ।
सभापति गुरुङले सिटौलाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता गर्नुपर्ने कारण नभएको हुनाले त्यस सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको बताए । “यसअघि संसदीय समिति थिएन भन्ने कतिपय सदस्यको भनाइ थियो, तर मैले समिति छ, मात्रै त्यसका पदाधिकारी थिएनन्, समिति स्थायी हो” उनले भने ।
प्रतिकृया दिनुहोस्
Loading...