माओवादीलाइ हैन कर छल्ने एनसेललाई कारबाही गर : महेन्द्र

शिव बस्नेत, सल्यान ९ असार ।

सल्यानका माओवादी नेता लोकपाल केसी 'महेन्द्रले' आफुलाई हैन कर छल्ने एनसिएललाई कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन ।

विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानका सहसेक्रेटरी तथा जनपरिषद प्रमुख महेन्द्रले बुधबार रिहा भए लगतै पत्रकार र शुभेच्छुकसंग कुराकानी गर्दै यस्तो बताएका हुन ।

८ दिनसम्म प्रहरी हिरासतमा रहेका लोकपालले रिहाइ भए लगतै आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै करोडौंको कर छल्ने एनसेललाई माओवादीको आग्रहमा जनताले गरेको आक्रमणमा आफुलाई गिरफ्तार गरिएको भएपनि त्यसको कुनै प्रमाण नभएपछि आफुलाई छोडेको बताएका छन ।

आफु रक्तचापको विरामी अवस्थामा घर विदामा रहेको बेला माओवादी पार्टीको नेतृत्वमा गरिएका कार्वाहीको मुद्धा लगाउन खोजिएको भएपनि त्यो सम्भव नभएर आफु विनासर्त रिहा भएको भन्दै सहयोग गर्ने सबैलाई दिएका छन ।

माओवादीले भ्रष्ट र तस्करहरुका विरुद्ध जतिबेला पनि लड्ने भन्दै उनले सरकारलाई आफुलाई हैन भ्रष्ट, तस्करहरुलाई कार्वाही गरेर देखाउन चुनौति दिएका थिए ।

गरिव नेपालीलाई ठगेर कमाएको मध्ये तिर्नुपर्ने ४३ करोड कर नै छलि गर्ने एनसेललाई कार्वाही नगरी सरकारले तिनका विरद्ध बोल्नेलाई जेलमा हालेर रमिता देखाएको भन्दै त्यसका विरुद्ध लाग्न सबैमा आग्रह गरेका छन ।

,

प्रतिकृया दिनुहोस्

Loading...