बच्चा जुम्ल्याहा तर बाबु फरक–फरक

एजेन्सी – भियतनाममा जन्मिएका जुम्ल्याहा बच्चाका बाबु फरक–फरक भएको घटना सार्वजनिक भएको छ । यो घटना जेनेटिक एशोसियसनले सार्वजनिक गरेको हो । 

जुम्ल्याहा बच्चाको अनुहार निकै फरक–फरक भएपछि उनीहरुको डिएनए टेस्ट गरिएको थियो ।  यस्तो घटनालाई `हेट्रोपेटरनल सुपरफेक्युंडेशनु` भनिन्छ । 

महिलाले केही समयको अन्तरमा दुई पुरुषसँग यौनसम्बन्ध राख्दा दुबैबाट गर्भ बस्ने दुर्लभ सम्भावना रहन्छ । हनोईस्थित भियतनाम जेनेटिक एशोसियसनका अधयक्ष डिन्ह लुआन्गले भने, ‘यो अत्यन्तै दुर्लभ घटना हो ।

 मैले संसारभरमा यस्ता १० वटा घटना मात्र भएको थाहा पाएको छु ।’ यो घटनाका आमा र बाबुहरुको नाम भने गोप्य राखिएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...