बाँदरले मकैबाली खाइदिए कृषक समस्यामा

पोखरा, २० असार ।

कास्कीको भरतपोखरी, कृस्तिलगायतका विभिन्न स्थानमा बाँदरले मकैबाली खाइदिएपछि कृषक समस्यामा परेका छन् ।

भरतपोखरीका आँगेटारी, हुँडिकोटका साथै कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा धेरै क्षति पु¥याएको कृषकको गुनासो छ ।

जङ्गलमा बाँदरको सङ्ख्या अत्यधिक बढेको बताउने स्थानीयवासी बन्धुराज पौडेलले बाँदरका कारण अधिकांश स्थानमा कृषकले लगाएको ७० प्रतिशतभन्दा बढी मकैबालीमा क्षति पुगेको बताए ।

कास्की जिल्लाका भरतपोखरी, कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा क्षति पु¥याएको गुनासो आउने गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बाली संरक्षण शाखाका प्राविधिक लिलाप्रसाद पङ्गेनीले बताए ।

राज्यको स्पष्ट नीति बनि नसकेका कारण पनि बाँदर नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।

पछिल्ला वर्षमा वनजङ्गल बढ्दै जाने, खेतीपाती गर्ने क्रम घट्दै जाने भएका कारण पनि खेती भएका स्थानमा बाँदरले सताउने गरेको पङ्गेनीको भनाइ छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...