दाङमा ७१ करोड विकास बजेट फ्रिज

सन्तोषकुमार गुप्ता 

शनिबार देखी नयाँ आर्थिक बर्ष सुरुभएको छ । आर्थीक बर्ष २०७२÷०७३ असार मसान्त सकिएपछि शनिबार देखी आर्थीक बर्ष २०७३७४ सुरुभएको हो । आर्थीक बर्ष २०७२/०७३ सकिदा दाङमा यस बर्ष पनि करोडौँको विकास बजेट फिर्ता भएको छ । 

विकास बजेटको करिब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । कुल बजेटको कम्तिमा ८५ प्रतिशत बजेट रकम खर्च भएको कार्यालयले जनाएको छ । 

कुल विकास बजेट ४ अर्ब ५३ करोड ७३ लाख ३ हजार ४ सय ६३ रुपैयाँ मध्ये ३ अर्ब ८५ करोड ९३ लाख ३ हजार ४ सय रुपैयाँ खर्च हुन नसकेको कार्यालयका प्रमुख सुकदेबप्रसाद बास्तोलाले जानकारी दिए । 

जिल्लामा अधिकांश सडक तथा पुल पुलेसा निर्माणको बजेट खर्च हुन सकेको छैन । समयमै काम नहुने तर आर्थीक समान्त र बर्षा याम सुरु हुने बेलामा काम सुरुवात गर्दा पनि काम समयमै नसकिने र प्रभाबकारी नदेखिने गरेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...