गजल : विचरा ऊ जति निस्कूं भन्छ झन पो फस्दै छ !

बलराम तिमल्सिना

विचरा ऊ जति निस्कूं भन्छ झन पो फस्दै छ ! अहंकारको नजानिदो कृष्णविवर पस्दै छ !! धोती-टोपी खुस्किदा नि ताली पिट्ने छँदैछन् 'यामाकुतो' बन्छु भन्दै भष्म जीउमा घस्दै छ ! मान्छेहरू विस्मृतिमा सवै कहॉ सुत्दछन ? मदन-महाकाली नाग उठी कस्तो डस्दैछ ! स्वर्ग जाला मिठो चोखो खाला भन्ने सोचेको 'मिठो हुन्न त्यो त 'भन्दै नरकतिरै खस्दै छ ! इत्तरिने थेत्तरिने आदतको दास ऊ सभा सिध्यो हिडे मान्छे ऊ त एक्लै बस्दै छ २०७३/०४/०३ ९:४५ विहान ढल्को

प्रतिकृया दिनुहोस्

Loading...