नेप्से पुनः १७ सय तल

काठमाडौं, २८ असार । 
मंगलबार शेयरबजारमा उच्च–उतार चढाव कायम भयो । नेप्से पुनः १७ सय तल आइपुग्यो ।
उतार–चढावबीच नेप्से ९ अंकले ऋणात्मक रहेर १६ सय ९३ कायम भएर थामियो ।
मध्याह्न उच्चदरले ओरालो लागेर ५० अंक बढीले झरेर १६ सय ५४ मा आइपुगिसकेको नेप्से अपराह्नपछि ‘यू टर्न’ हुँदैमात्र ९ अंकले ऋणात्मक रहेर थामिएको हो ।
उत्पादनमूलक र अन्य समूहबाहेक अरु सबै समूह ऋणात्मक रहे । बीमा समूह सबैभन्दा उच्च ९७ अंकले झर्यो ।
जलविद्युत् समूह ३४ अंकले ओरालो लाग्यो । विकास बैंक समूहमा २७ अंक, वित्त समूहमा १४ अंक र होटल समूहमा ११ अंकको गिरावट आयो । वाणिज्य बैंक समूहमा भने सामान्य अंकको कमी आयो ।
उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ३० अंकको र अन्य समूहमा २० अंक बराबरको सुधार आयो । कारोबार पनि औसत दिनका तुलनामा न्यून नै रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको १६ लाख ४० हजार बराबर कित्ता शेयर १ अर्ब १४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...