डिएसपीको नाम भजाएर साढे २ लाख कमिसन, भ्रस्टाचारी छुटाउन नेतादेखि सांसद सम्म प्रहरी कार्यालयमा
कोहलपुर २ साउन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेको नाम भजाएर एक समुहले यार्चागुम्वा व्यापारीबाट २ लाख ५० हजार कमिसन लिएको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेको नाम भजाएर एक समुहले यार्चागुम्वा व्यापारीबाट २ लाख ५० हजार कमिसन लिएको खुल्न आएको छ ।
उक्त समुहले गत २७ गते कर्णाली अञ्चलबाट १७ लाख मुल्य पर्ने २.५ केजी यार्सागुम्बा बोकेका एक व्यापारी संग आफुहरु सिभिल प्रहरी भएको भन्दै डिएसपीको नाममा २ लाख ५० हजार रुपैया कमिसन लिएका थिए ।
डिएसपी सापलाई मिलाउनुपर्छ भन्दै व्यापारीबाट गत २७ गते राती नै राँझा र कोहलपुरको बिचमा सिभिल प्रहरी भनिएकाहरुले पैसा असुल गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेको घटना भएको स्वाकार गर्दै प्रहरीको नाम भजाएर पैसा असुल गर्नेमाथि अनुसन्भान भइरहेको जानकारी दिए।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेको घटना भएको स्वाकार गर्दै प्रहरीको नाम भजाएर पैसा असुल गर्नेमाथि अनुसन्भान भइरहेको जानकारी दिए।
उक्त समुहले व्यापारीलाई पक्राउ गरेको स्थानबाट राती नै ईलाका प्रहरी कार्यालय ल्याएर डिएसपीसंग कुरा मिल्यो भनेर छोडेका थिए ।
घटनाको ४ दिनपछि घटनामा प्रयोग गरिएको भे ५ प ४१३ नम्बरको पल्सर मोटरसाईकल र धनि शम्शेरगन्ज गाविस हवल्दारपुरका ज्ञान बहादुर थापालाई नियन्त्रणमा लिइएको डिएसपी काफ्ले जानकारी दिए ।
घटनाको ४ दिनपछि घटनामा प्रयोग गरिएको भे ५ प ४१३ नम्बरको पल्सर मोटरसाईकल र धनि शम्शेरगन्ज गाविस हवल्दारपुरका ज्ञान बहादुर थापालाई नियन्त्रणमा लिइएको डिएसपी काफ्ले जानकारी दिए ।
अनुसन्धानको क्रममा पक्राउ परेका थापाले आफ्नो मोटरसाइकल अरु कसैलाई नै प्रयोग गर्न दिएको र आफुलाई यस बिषयमा केहि थाहा नभएको बताएको प्रहरीले जनाएको छ ।
एमाले सांसद देखि नेता सम्म प्रहरी कार्यालय
नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका थापालाई छुटाउन एमालेका सांसद देखि नेता सम्म इलाका प्रहरी कार्यालय धाइरहेका छन् ।
नेकपा एमाले निकट युवा संघमा आवद्ध रहेका थापालाई छुटाउन एमालेका सांसद देखि नेता सम्म इलाका प्रहरी कार्यालय धाइरहेका छन् ।
बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनार लगायतका युवा संघका नेता कार्यकर्ता सम्म दैनिक जसो प्रहरी कार्यालय धाइरहेका छन् । शनिबार सांसद सुनार प्रहरी कार्यालय पुगेर अनुसन्धानमा रहेका थापालाई घटना सग्लन नबनाउन प्रहरीलाई दबाब दिएका थिए ।
एमाले नेता खिल प्रसाद भुसाल, बलराम भट्टराई, कुश्माखर बस्याल, अब्दुल हुँसेन खाँ, पुजन विश्वकर्मा, आरसी सुवेदी, गोपाल गिरी, मिलन शाह, लगायत युवा संघका दर्जन बढि नेता तथा कार्याकर्ताहरु प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरी पनी अनुसन्धानमा
यस घटनामा प्रहरी पनी सग्लन हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालयबाट खटिएका साधा पोशाकका प्रहरीलाई पनी अनुसन्धानको घेरामा राखिएको छ ।
अनुसन्धानमा सग्लन एक अधिकृतका अनुसार प्रहरीको पनी सग्लन देखिएकाले २ सिराबाट अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार क्षेत्रका ट्यापे मुन्द्रे देखि सिभिल प्रहरीसम्म संलग्न रहेका छन् ।
ईलाका प्रहरी कार्यालय, मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी कार्यालयबाट खटाइएका सिभिल प्रहरीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...