प्रेममा विश्वास गर्दा एकै दिन ११० जनासँग सेक्स

प्रेम विश्वासकै अर्को नाम हो । तर, जब प्रेममा विश्वासघात हुन्छ मानिस नर्कमा पुग्दछ । एउटी युवतीले एक युवकलाई गरेको प्रेममा घात भएपछि उनले पनि नर्कको सामना गरेकी छन् । उनले अहिले त्यही पीडादायी भोगाई पुस्तकमा उतारेकी छन् ।
उनी नर्कमा पुग्नुको एउटा कारण थियो कि उनी एक जना युवकलाई प्रेम गर्दथिइन् । तर, आफ्नै प्रेमीले बेश्याखानामा पुराएपछि उनी यौन धन्धा गर्न बाध्य भइन् । उनी १ सय १० जनाभन्दा बढी पुरुषसँग यौन सम्बन्ध कायम गर्न बाध्य भइन् ।
बेलायती पत्रिका डेली मेलमा प्रकाशित रिपोर्ट अनुसार उनी १४ वर्षकै उमेरमा युनान गएकी थिइन् । ७ वर्षपछि २१ वर्षको उमेरमा उनी बेश्यालयबाट भाग्न सफल भइन् ।अहिले उनी आफूलाई धोका दिने युवकलाई पाठ सिकाउन टुंगोमा पुगेकी छन्।
रिपोर्ट अनुसार मेगान स्टीफन्स (काल्पनिक नाम) नामकी युवती विदा मनाउन युनान गएकी थिइन् । जहाँ उनको भेट ज्याक नामको युवकसँग भयो । उक्त युवकको प्रेमजालमा परेर मेगान उसैसँग ग्रीसबाट युनान पुगिन् । जहाँ युवकलाई उनलाई बेश्यावृत्तिमा धकेलिदिए । ज्याकले मेगानलाई युनानको एउटा ठुलो बेश्यालयमा बेचेका थिए ।
मेगानका अनुसार जब उनी त्यहाँ पुगिन उनलाई शंका लाग्यो । उनलाई त्यहाँ एउटा कोठामा बन्द गरिया । जसमा झ्यालसमेत थिएन । त्यहाँ मात्र एउटा सानो ओछ्यान थियो । र, भिडियो  क्यामेरा जडान गरिएको थियो ।
त्यसपछि एक जना व्यक्त कोठामा आयो, उसले मेगानलाई बलात्कार ग¥यो । बलात्कारपछि उक्त व्यक्तले मेगानलाई ५० युरो दियो । त्यसपछि यो सिलसिला जारी रह्यो ।
मेगानका अनुसार पछि उनलाई अन्यत्र कतै सिफ्ट गरियो । जहाँ एकै दिनमा ११० जना पुरुषसँग यौन सम्बन्ध कायम गर्न बाध्य पारियो । यही सिलसिलामा उनी गम्भीर विरामी भइन् । कयौ महिनासम्म अस्पताल भर्ना भइन् ।
मेगानले अस्पतालमा भर्ना हुने क्रममै आफ्नो पीडा अस्पतालका कर्मचारीलाई सुनाइन् । अस्पताल कर्मचारीहरुले यो जानकारी मेगानकी आमासम्म पूराए । त्यसपछि उनी आफ्नो घर बेलायत फर्कन सफल भइन् ।
एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...