सुनको मूल्य फेरी घट्यो
काठमाडौँ, २९ असार ।
आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै सुन आज ५८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ आज भने स्थिर छ । आज चाँदी ९ सय १५ रुपैयाँमै कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...