हङकङमा खुशी को खुशी झनै चुलियो क्लासिकले

सुवास संकल्प, इटहरी - आर्यन र नम्रताको जोडी अहिले हङकङ पुगेको छ । हङकङ पुग्नुको मुख्य कारण हो, चलचित्र ‘क्लासिक’को शो । 

खुशी गुरुङ र सन्तोष गुरुङले जुलाई १० तारिख अर्थात गएको आइतबार आयोजना गरेको चलचित्रको विशेष शोमा सहभागी हुन यो जोडी हङकङ पुगेको हो । आर्यनले एक सातापछि आफूहरु नेपाल  फर्किने जानकारी दिए।

एक अर्कालाई ’नमी र एलियन’ भनेर बोलाउने नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडी नेपाली चलचित्रमा सर्वाधिक चर्चित छ । यी दुई एकसाथ पर्दामा देखिदा चलचित्रले राम्रो व्यापार गरेको पाइन्छ । दुई अलग-अलग पर्दामा देखिदा चलचित्रको व्यापार कमजोर बनेको उदाहरण प्रशस्तै छ।

बास्तविक जीवनमा पनि आर्यन र नम्रता निकै मिल्छन् । यी दुइले ’मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक’ जस्ता सफल चलचित्र दिइसकेका छन् । 

निकै भब्य सभ्य तबर ले आयोजना गरिएको उक्त कार्यक्रम मा सहभागी को फिल्म हेर्ने क्रम मा धेरै जना रोएको पाईयो l नम्रता को अभिनय को निकै तारिफ गरेको हङकङ बासि नेपालि हरु ले पहिलो पटक एउटा राम्रो नेपालि फिल्म हेर्न पाएको प्रतिक्रिया दिए पछि खुशी कार्यक्रम पश्चात निकै गदगद बनेकी छिनl


आर्यन र नम्रता संग प्रत्यक्ष्य फिल्म हेर्न पाएको मा हङकङ बासि नेपालि हरु पनि खुसि भएका छन्l
हङकङमै रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई पनि शोमा सहभागी थिए ।

दिनेश राउतको निर्देशनमा सुवास गिरीले निर्माण गरेको यो चलचित्रले नेपालमा पनि तारिफ पाएको थियो । चलचित्रबाट नायिका नम्रता श्रेष्ठले गतसाता २ वटा अवार्ड जितेकी थिइन्।

,

प्रतिकृया दिनुहोस्

Loading...