वर्षाका कारण बालिङ–हुवास सडक अवरुद्ध
पर्वत, ७ साउन ।
लगातारको वर्षाका कारण आएको पहिरोले दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक अवरुद्ध बनेको छ ।
पर्वतको हुवास र स्याङ्जाको कालिकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गएरातिदेखि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिएका छन् ।
निर्माणाधीन अवस्थामा रहेको उक्त कच्ची सडकका पाँच–छ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या परेको छ ।

सडक अवरुद्ध हुँदा हुवास, त्रिवेणी, रानीपानी, बर्राचौरलगायतका ठाउँमा जाने सवारी साधन चिसापानीमा अलपत्र परेका छन् भने अन्यत्रबाट आएका सवारी साधन डुम्रेभञ्ज्याङमा अलपत्र परेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
वर्षा रोकिएपछि सडक खुलाउन पहल गरिने उनले बताए । उक्त सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका हुवास, त्रिवेणी, भोर्ले, रानीपानी, वहाकी, शालिग्राम, रानीपानी, बर्राचौर, उरामपोखरा, होश्राङ्दी, भोर्ले, सरौखोला गाविसवासी प्रभावित बनेका छन् ।
पर्वत सदरमुकामसँग सिधा सडकको पहुँच नपुगेका उक्त क्षेत्रका बासिन्दा वालिङ, हुवास सडक हुँदै स्याङ्जा र कास्की घुमेर सदरमुकाम कुश्माबजार आउन बाध्य भएका छन् ।
पोखरा–बागलुङ एकतर्फी
मोदीखोलामा आएको बाढीको कटानका कारण गएरातिदेखि अवरुद्ध बनेको पोखरा–बागलुङ राजमार्ग आज बिहान ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालन भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधीमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो । मोदी खोलामा आएको बाढीको उच्च बहावले पक्की सडक नै भत्काएर लगेपछि भित्तातर्फको पहाड काटेर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा सिङ्गो धौलागिरि अञ्चल प्रभावित हुने गर्छ । उक्त सडकबाट दैनिक एक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।
सेतीवेणीबजार खतरामा
बिहीबारदेखि परेको लगातारको वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको सेतीवेणीका बासिन्दा त्रसित बनेका छन् ।
कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका छन् । नदीको बहाव बजारसम्म आइपुग्न अब दुई फिटमात्रै बाँकी रहेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ ।
विगत छ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । बिहीबारदेखिको वर्षा र बाढीले स्याङ्जातर्फको भागमा कटान सुरु गरेकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्ने देखिएको छ ।
शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जानै नसक्ने अवस्था आएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...