एक लाख लुटेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं, ५ साउन ।
लुटपाट गरेको अभियोगमा बौद्ध तिनचुले बस्ने सोलुखुम्बु बेनी–८ घर भएका २६ वर्षीय छिरिङ शेर्पा र ओखलढुङगा जन्तरपानी घर भएका २१ वर्षीय नुरी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
बा.५२ प ७९४५ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मंगलबार बौद्ध रामहिटीमा सोलुखुम्वु तातोपानी घर भई हाल बौद्ध रामहिटी बस्ने ३४ वर्षीय फुर्वा शेर्पाको नगद १ लाख रुपैयाँ लुटपाट गरेका थिए ।
महानगरीय प्रहरी बृत्त बौद्धबाट खटीएको टोलीले उनीहरुलाई भाग्दै गरेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...