घर भत्किँदा श्रीमान श्रीमती पुरिए

पाल्पा, ३ साउन ।

अविरल वर्षाका कारण रामपुर गेझा मगरेमा घर भत्किँदा एक दम्पती पुरिएका छन् ।

रामपुर नगरपालिका–१४ मगरे बस्ने ४८ वर्षीयका अमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीया सुमित्रा गाहा घर भत्किँदा पुरिएका हुन् ।

गएराति करिब २ बजेको समयमा खरले छाएको तीनतले घर एक्कासि भत्किएपछि पुरिएकी सुमित्राको अवस्था गम्भीर बनेको छ । उनलाई मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएको छ ।

श्रीमान् अमरबहादुरको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । स्थानीयवासी तोया सारुका अनुसार छोरा–बुहारी, ससुराली तथा माइत गएका बेला घरमा रहेका आमाबाबु घर भत्किएर पुरिएका हुन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आज बिहान उद्धार गरेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...