बसको ठक्करबाट साइकल चालकको मृत्यु

 धनुषा, ८ साउन ।

बसको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ । 

जनकपुर ढल्केवर राजमार्गको क्षीरेश्वरनाथ नगरपालिका–५ को अर्जन्मा चौरमा रौटहटको गौरबाट जनकपुरतर्फ गइरहेको ना ३ ख ४६९८ नम्बरको बसले सोही दिशामा गइरहेको साइकल चालकलाई पछाडिबाट ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालकको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले जानकारी दिए । 

मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी निरीक्षक ठकुरीका अनुसार ठक्कर दिने बस र बसका चालक इप्रका महेन्द्रनगरको नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस्

Loading...