नारायणीमा खतराको सङ्केत
कावासोती, ११ साउन ।
लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ ।
यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ ।
नारायणीमा पानीको सतह बढेपछि गँैंडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको छ ।
बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन् ।
“खतराको सङ्केत देखियो हामीले सबै हिसाबले सुरक्षित हुने उपाय अपनाएका छौं” प्रजिअ महादेव पन्थले भन्नुभयो, “बाढी मापन केन्द्रमा लगातार साइरन बजेकोछ हामी त्यसलाई नियालेका छौं, अब पानीको सतह ८ दशमलव ४ मिटर भए बाढीले ठूलो क्षति पु¥याउन सक्ने हुँदा क्षति रोक्ने उपाय अपनाएका छौँ । ”
भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
त्रिवेणीस्थित गण्डक बाँधमा पानी तीन लाख ४८ हजार क्युसेक लिटर प्रतिसेकेन्ड बहाव रहेको र त्यो बढ्दो क्रममा भएको त्रिवेणीका सुरज कोहारले बताए ।
नदीमा पानीको सतह घटेको छैन । ब्यारेजका ढोका नखोल्दा बगाउने र बङ्ग्याउने खतरा बढेपछि भारतले आफ्नो सुरक्षाका लागि सबै ढोका खोलेको छ ।
नदीमा पानीको सतह घटेको छैन । ब्यारेजका ढोका नखोल्दा बगाउने र बङ्ग्याउने खतरा बढेपछि भारतले आफ्नो सुरक्षाका लागि सबै ढोका खोलेको छ ।
भारतले त्रिवेणीस्थित नारायणी नदीमा बाँध बनाएर उत्तर प्रदेश र बिहारमा सिँचाइका लागि लगेको गण्डक नहरमा पानी बन्द गरेको छ । नहरका ढोका खोलिएपछि गण्डक नहरको १३ नं स्परमा बढी क्षति पुगेको छ ।
नर्सही र बेलाटारी प्रहरीले सतर्क रहन स्थानीयवासीलाई माइक मार्फत सूचना प्रवाह गरेको छ ।
नर्सही र बेलाटारी प्रहरीले सतर्क रहन स्थानीयवासीलाई माइक मार्फत सूचना प्रवाह गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...