मोटरसाइकल रोकेर शौच जाँदा सवा लाख लुटियो

कपिलबस्तु, ५ साउन ।

रा.३ प ५४५१ नम्बरको मोटरसाइकलमा सवार प्युठान खैरा–५ बस्ने ३५ वर्षीय शुसिलकुमार बुढाथोकी, उनको १० वर्षीय छोरा प्रिन्स बुढाथोकी र भारत घर भएका २५ वर्षीय ईन्तियाज शेखको नगद १ लाख २६ हजार रुपैयाँ लुटपाट भएको छ ।

बाणगंगा नगरपालिका–२ कोठिपुलस्थित महेन्द्र राजमार्गमा मंगलबार पानी पिउन र शौचलय गर्नको लागि  मोटरसाइकल रोकी राखेको अवस्थामा नम्बर खुल्न नसकेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले पेस्तोल देखाई धाक धम्की दिई उक्त नगद लुटपाट गरेको बताइएको छ ।

फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...