इमान्दार मिडिया प्रालिको आधिकारिक न्युजपोर्टल imandarmedia.com साउन २ गतेदेखि परिक्षण प्रकाशन प्रशारण सुरु भएको छ । हामीले हाललाई भर्खरै गर्दै गरेको डिजाइन परिक्षणका लागी वेबसाइट प्रकाशन प्रशारण आरम्भ गरेका छौ । हामी केहिदिनमा औपचारिक सुरुवात गर्ने तयारीमा जुटेका छौ ।
आम जनताको सुसूचित हुन पाउने अधिकारको सम्मान र संरक्षण गर्दै सत्यतथ्य समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनका सामग्री पस्कनु नै हाम्रो प्राथमिक कर्तव्य हुने छ ।
वैचारिक दृष्टिबाट भने सबैखाले राजनीतिक प्रवृत्ति/पक्षप्रति पूर्णतः निरपेक्ष रहँदै गुण र दोषका आधारमा समर्थन र विरोध गर्नु नै इमान्दार मिडिया डटकमको आधारभूत नीति हुनेछ ।
जुनसुकै वैचारिक पक्षधरता या मान्यता अँगाल्ने स्थापित एवम् सुपरिचित लेखक–स्तम्भकार, नेता–कार्यकर्ता, स्रष्टा–सर्जक इत्यादिका सबैखाले लेखरचना र सामग्रीहरूले इमान्दार मिडियामा स्थान पाउने छन् ।
यसरी सबै विचारधारा र मान्यताबीच स्वस्थ एवम् मर्यादित ढङ्गबाट तर तीव्र तथा पेचिलो तरिकाबाट बहस–छलफल र विचार–विमर्श गर्ने साझा थलोका रुपमा हामी स्थान बनाउने छौ ।
आगामी दिनमा हाम्रा श्रदय पाठकहरुबाट निरन्तर सल्लाह सुझाब र सहयोगको अपेक्षा गरेका छौ ।