भारतको अघोषित नाकाबन्दीसंगै मुलुकमा खाना पकाउने ग्याँसको हाहाकार हुन् थालेको छ । कतिपय होटल रेष्टुरेन्टहरु बन्द भैसकेका छन् भने कतिपयले दाउरा प्रयोग गर्न थालेका छन् । अहिले धेरैको चुल्होमा ग्यासको अभाव हुन् थाली सकेको छ । यसले धेरैलाई पिरोलिन थालेको छ । अझ ढोकैमा आइपुगेको दशैँले त झन् टाउको दुखाएको छ ।
जहाँ इच्छा त्यहाँ उपाय बहने झैँ यहाँ एउटा यस्तो तरिका छ जसको प्रयोगले धेरै हदसम्म ग्याँसको खपत कम गर्न सघाउ पुग्ने छ । यसको प्रयोगले ग्याँसको कम खपतसंगै खाना/पानी तातो राख्न पनि सहयोग गर्छ । बिहान पकाएर राखेको दाल बेलुका खाना खाने बेलासम्मै तातो रहन्छ ।
रमिला भण्डारीले शेयर गर्नु भएको यो उपाय अहिले धेरैका लागि बरदानसाबित बन्दै गएको छ । भण्डारीले बिगत एक दशकदेखि अपनाउदै आएको यो तरिकाबाट एक महिना टिक्ने ग्याँस दुई महिनालाई पुग्ने उहाको भनाई छ । “पहिला एक महिना मात्र टिक्ने ग्यास सिलीन्डर अब साँडे दुई महिना पुग्छ । ” भण्डारीले भन्नु भयो ।
कसरी प्रयोग गर्ने ?
चित्र १ मा देखाए झै स्टोभमा १/२ सिटी लाग्ने बित्तीकै त्यो तातो कुकरलाई यसरी बाक्लो कपडामाथी राख्नुहोस् । प्राय: एक सिटीमा नै हुन्छ।
अब चित्र २/३ मा देखाए जस्तै मज्जाले बेर्नुहोस् ।
चित्र ४ को अवस्थामा त्यतीकै छोडी दिनुहोस् । सीटीको हावा जान नदिनुहोस्। अब त्यो बाक्लो कपडाले तातो अलिकति पनि बाहिर जान दिदैन र खाना कुकर भित्र नै उम्लिरहेको हूनेछ । यसरी खाना डढ्दैन र मधुरो आँचमा पकाए झै मीठो हून्छ ।
त्यो बाक्लो कपडा दोस्रो स्टोभ हो जहाँ ईन्धन चाहिदैन । त्यो बाक्लो कपडा हट केस पनी हो जहाँ खाना ४/५ घण्टा सम्म तातो रहन्छ । पूरानो सफा बेडकभर अथवा अन्य कुनै कपडा प्रयोग गर्न सकिन्छ । आफुलाई चाहिने बेलामा एक घण्टापछि कुकर खोल्दा दाल पाकेको अवस्थामा उम्लीरहेको देख्नु भएन भने अर्को पटक देखी चित्र पाँचमा जस्तै अर्को बाक्लो कपडाले माथीबाट मज्जाले छोपी दिनुहोस् ।
यसरी पाकेको खाना मिठो मात्र हुने हैन, यसमा खानामा रहेको पौष्टीक तत्व पनि सुरक्षित हून्छ । त्यो कुकर वा भाँढा सफा गर्न सजीलो हुन्छ कारण खानेकुरो टाँसीएको हुन्न । यती कुरा गर्दा गर्दै अर्को कुकरको सिटी पनि लागि सक्छ, अब यसलाई चित्र ५ र ६ मा देखाए झै फेरि बाक्लो कपडाले बेरेर राख्नु पर्छ ।
छैन त गजब ? अब तपाई पनि ग्याँसलाई यसरी धेरै समय टिकाउने होइन त ?
ग्याँस धेरै समय टिकाउने उपाय (फोटोसहित)
Loading...