सञ्चारमन्त्रीले पत्रकारहरुलाई भने - झिँगालाई मेसिनगन नहान्नुस्
काठमाडौं, ३२ साउन ।
सञ्चारमन्त्री राम कार्कीले झिँगालाई मेसिनगन नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
पछिल्लो समय नेपाली सञ्चार माध्यमहरुमा नकारात्मक समाचार मात्र आउन गरेको उनको गुनासो थियो ।
नेपाल पत्रकार महासंघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सञ्चारमन्त्री कार्कीले विहान उठेर पत्रपत्रिका पढ्दा दिक्क लाग्ने गरेको बताए ।
हरेक दिन भएन, बनेन भन्ने जस्ता नकारात्मक समाचार मात्र आउने गरेको भन्दै उनले कम्तिमा हप्तामा एक दिन र नभए महिनामा एक दिन भएपछि सकारात्मक समाचार लेख्न आग्रह गरेका छन् ।उनले राम्रो कामका समाचारहरु लिखा जत्रो आउने गरेको टिप्पणी गरे ।
गायक शम्भु राईले विदेशबाट एक लाख ल्याएको र त्यो रकम आफूसहित धनकुटा पुगेर बृद्धबृद्धालाई एक हजार नगद र फलफुल वितरण गरेको घटना सम्झँदै उनले भने, यो समाचार लिखा जत्रो आयो । यदि त्यहाँ हामीले जानेर नजानेर कुनै गल्ती गरेको भए कत्रो समाचार आउँथ्यो ?
यद्यपि आफूले सरकार र आफ्नो आलोचना नै नगर्नुस् नभनेको उनले बताए । महाभारतको युद्धमा आफूलाई मन पर्ने पात्र कर्ण भएको भएको भन्दै उसले सरकारको मामिलामा पत्रकारहरुले बलियो प्रतिपक्षकै भूमिका खेल्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्
Loading...