मधेसी मोर्चाको आन्दोलनमा अस्पतालको बिल ७३ हजार, भुक्तानी २४ लाख !

काठामाडौं, २२ साउन । ओली नेतृत्वको अघिल्लो सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा घाइते भएका १९ जनाको ३१ लाख उपचार खर्च व्यहोरिसकेको थियो ।

मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च व्यहोर्नुपर्ने विषयलाई मोर्चाले वार्ताको प्रमुख सर्त बनाइरहेका वेला सरकारले रकम उपलब्ध गराएको थियो ।

अस्पतालको बिल ७३ हजार, भुक्तानी २४ लाख

गृह मन्त्रालयले १९ घाइतेमध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैयाँ भुक्तानी दिइसकेको छ ।

गत ३० फागुनमा गृह मन्त्रालयले उपचार खर्च दिने सहमति गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । रकम निकासाका लागि ८ चैतमा अर्थ मन्त्रालयमा फाइल पुग्यो ।

त्यसअनुसार रकम निकासा भएपछि मोर्चाले उपचारको क्रममा रहेका घाइतेहरूको नाम उपलब्ध गराएअनुसार नै सरकारले भुक्तानी दिएको थियो ।

१९ मध्ये मोर्चाका ६ नेता–कार्यकर्ताले ६ लाख ६९ हजार २ सय ५ रुपैयाँ रकम मात्र बुझ्न बाँकी थियो ।

मृतक परिवारलाई क्षतिपूर्तिको निर्णय पनि पहिल्यै अघिल्लो मन्त्रिपरिषद्ले नै मधेस आन्दोलनमा ज्यान गुमाएका ५७ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो ।

क्षतिपूर्तिको रकम जिल्लामा निकासासमेत भइसकेको थियो । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...