१७ महिनादेखि गर्भवती एक महिला !

एजेन्सी, ६ भदौ । 

एक चिनियाँ महिला १७ महिनादेखि गर्भवती छिन् । लामो समय गर्भ रहेका कारण ती महिलाले चिकित्सकसँग शल्यक्रिया गरी बच्चा निकालिदिन आग्रह गरेकी छिन् । 

हुनान प्रान्तकी वाङ सिले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने थियो ।

उनी सन् २०१५ को फ्रेबुवरीमा गर्भवती भएको र नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल पुगेको बताइन् । `डेट कटेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल धायौ तर समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थाले,’ वाङले भनिन् । परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भइसक्यो, अब त हाम्रो धैर्य पनि टुटिसकेको छ,’ उनले भने ।

बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले बताइन् । तर लामो गर्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चोट पुगेको उनले बताइन् । ‘महिनौसम्म गर्भधारण भएर बस्दा लाज लागेको छ । आशा छ अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुनेछ,’ उनले भनिन् ।

वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको बताइन्छ । उनले अर्को महिना जसरी भए पनि सि सेक्सन गरेर बच्चा जन्माउने निधो गरेकी छिन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...