१५ बर्षिया भतिजी बलात्कार गरी फरार भए काका जित बहादुर
धनकुटा, ११ भदौ ।
धनकुटामा एकजना आफ्नै भतिजीलाई बलात्कार गरेर फरार भएका छन् ।
धनकुटाको चानुवा गा बि स २ का जित बहादुर बिक ले भदौ ४ गते आफ्नै १५ वर्षकी भतिजि नाता पर्ने अम्बिका विक ( नाम परिवर्तन) लाई घरमा कोहि नभएको मौका पारि बिहानको करिब ९ बजे तिर पानी खाने निहुमा घरमा पसेर बलात्कार गरेको बताइएको छ ।
महिनावारी भएकी भतिजीको मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बलत्कृत किशोरीले बयान दिएकी छिन् । बालिकाका अनुसार घरमा आएर तेरो बाउले कमाएको पैसा कहाँ राखेको छ भन्दै धम्काएको र नियन्त्रण लिएर बलात्कार गरेको बताएकी छिन् ।
बलात्कारपछि विकले कसैलाई भनेमा परिवार कै ज्यान लिने धम्की दिएका थिए । फेरी बलात्कार गर्ने धम्की दिएर गएका विकको बारेमा बालिकाले पिडा सहन नसकी आमासँग भनेपछि मात्र घटनाको रहस्य खुलेको हो । किशोरी अहिले उपचारका लागी धनकुटाको एक अस्पताल छिन् ।
विकको एक हप्तामा दुवईको फ्लाइट भएकाले आर्थिक प्रलोभन देखाई घटाना लुकाउन दबाब दिएको बुझिएको छ। विदेश गएपछि अनुसन्धानमा समस्या हुन सक्ने भन्दै विदेश जानबाट रोक्न किशोरीका अभिभावनले आग्रह गरेका छन् ।
अहिले विकले मोबाइल परिवर्तन गरेको र फेसबुक पनि निष्कृय अवस्थामा राखेको बताइएको छ । बिकले आफ्नो तथा आफन्तको फेसबुक खाताबाट समेत आफ्ना सबै तस्विरहरु हटाएको कुरा एक स्थानिय महिलाले बताएकि छ्न ।
विक यसअघि पनि आपराधिक कार्यहरुमा संलग्न रहेको किशोरीका आफन्तहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस्
Loading...

