गायक गुरुङको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिदै

काठमाडौं, १२ भदौ।

गायक खेमराज गुरुङको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ । गुरुङको शवलाइ अहिले केहीबरेमा होलिकोप्टरमार्फत उनको जन्मस्थान खाँदबारी लगिदैछ । 

११ बजेसम्म खाँदबारीस्थित टुडिखेलमा श्रद्धाञ्जलीका लागि राखेपछि पुनः उनको शवलाई राजधानी ल्याइने जनाइएको छ ।

शवलाई करिब ३ बजेसम्म राजधानीको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा बौद्ध तथा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने जनाइएको छ ।  

गायक गुरुङको गत विहीबार साँझ उपचारको क्रममा राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...