जब मान्छेको भीडमा आईपुग्छ विशाल विमान

एजेन्सी, २६ साउन ।

क्यारेबियन द्वीप सेन्ट मार्टिन पर्यटकहरुको आकर्षको केन्द्र पनि हो । 

यहाँ समुद्री तटमा मनोरञ्जनका लागि पर्यटकहरु आउने गर्दछन् । यो द्वीपमा पर्यटकहरु आकर्षित हुने मुख्य कारण विमान उडान र अवतरणको दृष्य अवलोकन गर्नु नै हो । समुद्र तट नजिकै विमानस्थल रहेका कारण यहाँ समुद्री किनारमा बसेर निकै नजिकबाट विमान उडान र अवतरणको दृष्य देख्न सकिन्छ ।

कुनै विमानहरु त मानिसको टाउकोबाट केही फिटमात्र माथिबाट उडान र अवतरण गर्दछन् । यस क्रममा मानिसहरु विमान खस्न लागेको अनुभूतिसमेत गर्दछन् । कोही त विमानलाई यति नजिक देखेर डराउँदै जमिनमा सुत्ने गरेको दृष्य पनि अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका छन् । 

विशाल विमानको आवाजले हुन सक्ने खतराबारे पर्यटकलाई सचेत गराइएको हुन्छ । विमान उडान र अवतरणको दृष्यसँगै सेल्फी लिनेहरुको संख्या पनि यहाँ उल्लेख्य रहने गरेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...