संसारकै धेरै कमाउने नायिका, दीपिका पादुकोण टप टेनभित्र
काठमाडौं, ८ भदौ ।
फोर्ब्स म्यागेजिनले धेरै आम्दानी गर्ने नायिकाहरुको नाम सार्वजनिक गरेको छ। सूचीमा पहिलो नम्बरमा पर्न सफल अभिनेत्री हुन् जेनिफर लाँरेन्स। उनी ४६ मिलियन डलर कमाइका साथ पहिलो नम्बरमा छिन्।
यसैगरी सर्वाधिक कमाउने सूचीको दोश्रो स्थानमा मेलसा मेकार्थी, तेश्रोमा स्कार्लेट जोन्सन, चौथोमा जेनिफर एनिस्टन, पाँचौंमा फेन बिंगबिंग, छैठौँमा चार्लिज थेरॉन, सातौँमा एमी एडम्स, आठौँमा जुलिया रोबर्ट्स, नवौँ नम्बरमा मीला कुनिस छन्।
दसौँ नम्बरमा बलिउडकी अभिनेत्री दीपिका पादुकोण पर्न सफल भएकी छिन्। हलिउडको सिनेमामा प्रवेश गरेपछि उनको पारिश्रमिक बढेको हो। विज्ञापनको कमाइले पनि उनको आम्दानीको ठूलो हिस्सा ओगटेको छ।
प्रतिकृया दिनुहोस्
Loading...
