ट्र्याक्टर पल्टिँदा दुईजनाको मृत्यु, एक घाइते

रौतहट, ६ भदौ । 

रौतहटको सखुअवाधमौरा–८ मा गएराति ना४त १६७१ नंको ट्र्याक्टर पल्टिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट विर्तातर्फ जाँदै गरेको ट्र्याक्टर पल्टिँदा ट्रा्याक्टर चालक गरुडा नगरपालिका–११ का अब्दुल मिया, सोही ठाउँ घर भएका कामदार शेख जलाउदिनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोही ट्र्याक्टरमा सवार ३३ वर्षीय दीपेन्द्र राम घाइते भएका छन् । उनको गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...