फेसबुकमा सूचना दिएर भाइले आत्महत्या गरेपछि दिदि पनि रहिनन्

एजेन्सी, ७ भदाै । 

भारतको हरियाणा राज्यका एक युवाले सामाजिक संजालमार्फत सूचना दिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नुअघि फेसबुकमा बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु ।

त्यसैले सदाका लागि बाइ–बाइ भनेर लेखेका अजय नाम गरेका ती युवाले नभन्दै त्यसको दुई घण्टापछि कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गरेका छन ।

उता भाइको आत्महत्याको खबर पाउनासाथ दिदिले पनि आत्महत्या गरेकी छिन । पतिको अपहेलना सहन नसकेर माइत बस्दै आएकी उनको चार महिना अघि मात्र बिहे भएको थियो ।

आफ्नी दिदीले भोगेको दुःख र अपहेलना हेर्न नसकेर भाइ अजयले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएकोछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...