लगातार ५८ घण्टा किस गरेर यी दम्पतिले राखे विश्व रेकर्ड
प्रेमलाई अभिव्यक्ति गर्ने एउटा तरिका चुम्वन पनि हो। तर के कुनै जोडीले लगातार ५८ घण्टा चुम्बन गरेर बस्न सक्छ?थाइल्याण्डका एक जोडीले लगातार ५८ घण्टा चुम्बन गरेर गिनीज बुक अफ वल्र्ड रेर्कडमा आफ्नो नाम लेखाएका छन् ।
एक्काचई र लकसाना तिरानारतले ३ वर्ष अगाडी ५८ घण्टा, ३५ मिनेट, ५८ सेकेण्ड समयसम्म लगातार चुम्वन गरेर रेर्कड बनाएका थिए ।
भ्यालेन्टाइन डेको अवसरमा आयोजित एउटा कार्यक्रममा भाग लिँदै ती दम्पतिले विश्वको सबैभन्दा लामो चुम्वन गरेर पहिलो भएका थिए ।
उनीहरुले सन् २०११ र २०१३ मा पनि यस्तै लामो चुम्वन गरेर देखाइका थिए । उनीहरुले लगातार चुम्बन गरेर २ साढे ३ लाख रुपैया र २ वटा हिराको हार पनि जितेका थिए । अझै रोचक कुरा त चुम्बनको समयमा दम्पतिलाई बस्ने, आरा मगर्ने वा सुत्ने अनुमति भने थिएन। एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...