ईपिएस प्रणाली खारेजीको माग गर्दै प्रवासी मजदुर आन्दोलित
काठमाडौं, ६ भदौ ।
प्रवासी मजदुर सङ्गठन(एमटिय) र कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ(केसिटियु) ले कार्य अनुमति प्रणाली लागु गर्न माग गर्दै कोरियाको सउल लगायत राज्यको बिभिन्न क्षेत्रमा मजदुर जुलुस प्रदर्शन गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपिएस)ले प्रवासी मजदुरको हक अधिकार हनन गरेको भन्दै उक्त प्रणाली खारेज गर्न मजदुरहरुले माग गरेका हुन् ।
जुलुसमा केसिटियुका उपाध्यक्ष, अस्थायी तथा असङ्गठित बिभाग प्रवासी मजदुर जिम्मेवार , बिभिन्न देशका प्रवासी संस्थाका प्रतिनिधि ,एक्यबद्धता जनाउने बिभिन्न कोरियन मजदुर सङ्गठनका प्रतिनिधिहरु र अन्य देशका मजदुरहरुकाे सहभागीता रहेको थियो ।
जुलुस सभालाई सम्बोधन गदै प्रवासी मजदुर संगठन (एमटियु)का अध्यक्ष उदय राईले कोरियन सरकारले लागु गरेको ईपिएस लगायत अन्य विभेदकारी नितिको कारण प्रवासमा नेपाली मजदुरले पिडाहरु भोगिरहेको भन्दै यो यथार्थ सरकार र कोरियन जनतालाई सुनाई समस्या समाधानमा पहल गर्न दबाब दिनुपर्ने बताए ।
कोरियन सरकारले प्रवासी मजदुरको निम्ति लागु गरेको निति नियमहरु उत्तम भएको भनि प्रचार गरिरभए प्रवासी मजदुरहरुको स्थिति ज्यादै नाजुक रहेको उनको भनाई छ । य
मजदुरहरुको समस्याको कारण पत्ता लगाई समाधानका लागि एकजुट भएर थप संघर्ष गर्नुपर्ने निष्कर्ष
प्रवासी मजदुरहरुको छ
स्थानीय समय अनुसार दिउँसो ३ बजे सउल फोसिन्गाकबाट सुरु भएको जुलुस छोङनो क्षेत्रिय श्रम कार्यलयमा पुगी सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...