पोखरीमा डुबेर बालकको मृत्यु

लहान, ५ भदौ ।

पोखरीमा डुबेर सिरहाको गोलबजार नगरपालिका–१ मा शनिबार साँझ ४ वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोलबजार नगरपालिकाका स्थानीयवासी बद्री महतोको चार वर्षीय छोरा शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।

अत्यधिक गर्मी छल्न आफ्नै दिदीसँग पोखरीमा नुहाउन गएका शङ्करको त्यही पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...